काठमाडौँ – गत आर्थिक वर्ष २०७६÷७७ मा अघिल्लो आर्थिक वर्षको तुलनामा नेपाल टेलिकमको नाफा ६ दशमलव २ प्रतिशतले घटेको छ । कोरोना संक्रमणका कारण टेलिकमको लिज्ड लाइन, एफटीटीएच र जीएसएम डाटाबाहेक प्राप्त हुनेबाहेकका अन्य सबै सेवाको राजस्वमा कमी आएपछि आम्दानी घटेको टेलिकमले बताएको छ ।
टेलिकमले यस आर्थिक वर्षमा रु. ३४ अर्ब ५७ करोड नाफा कमाएको छ, अघिल्लो वर्ष टेलिकमले रु. ३६ अर्ब ८७ करोड नाफा कमाएको थियो ।
नेपाल टेलिकमको आम्दानी घट्दा नेपाल टेलिकमबाट सरकारले पाउने राजस्वमा पनि करीब २ अर्बले कमी आउने भएको छ ।


ADVERTISEMENT