काठमाडौं– जिल्ला अदालत काठमाडौंले टेलिभिजन कार्यक्रम नेपाल आइडल रोक्न माग गर्दै परेको रिट खारेज गरेको छ ।


ADVERTISEMENT


न्यायाधीश दिवाकर भट्टको इजालासले उक्त निवेदन खारेज गरेको हो । बुधबार जिल्ला अदालत काठमाडौंले रिट निवेदनको सुनुवाई गर्दै नेपाल आइडलमा परेको मत गणना नगर्न आदेश जारी गरेको थियो ।


ADVERTISEMENT

# # #


अधिवक्ता यज्ञमणि न्यौपानेले एपी वान टेलिभिजनलाई विपक्षी बनाइ मुद्दा दायर गरेका थिए । करार एन २०५६ को दफा ८७ (१) (२) बमोजिमको उपयुक्त आदेश जारी गरिपाउँ भन्ने निवेदन मागका सम्बन्धमा विचार गर्दा निवेदक नेपाल आइडल कार्यक्रमप्रति चासो राख्ने एक जिम्मेवार कानुन व्यवसायी भएकाले सो कार्यक्रम स्वच्छ पारदर्शी र निष्पक्ष रुपबाट सञ्चालन भइ सम्पन्न होस् भन्ने निवेदकले उठाएकाले विषय अन्यथा भन्न नसकिने आदेश जारी भएको छ ।

तर निवेदकले निवेदनमा माग गरेको करार ऐन अनुसार आदेश जारी हुनका लागि निवेदक करारको एक पक्ष हुनुपर्नेमा सार्वजनिक सरोकारको विषयलाई लिएर निवेदन परेको देखिँदा सो कानुनी प्रावधानअनुसार निवदेकको माग बमोजिमको आदेश जारी गर्न नमिलेको उल्लेख गर्दै प्रस्तुत निवेदन खारेज भएको जनाइएको छ ।