काठमाडौँ – कोभिड १९ महामारीका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आजदेखि पाँचौ चरणको उद्धार उडान हुने भएको छ ।


ADVERTISEMENT


नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले विदेशमा अलपत्र नेपालीको उद्धारका लागि चार्टड उडान गर्दैछन् ।
कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शुक्रवार भदौ १ गतेदेखि १५ गतेसम्मका लागि ४३ वटा उडानलाई विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन उडान अनुमति दिएको थियो ।
सरकारले दैनिक ५०० नेपालीको उद्धार गर्ने निर्णय गरेकोमा २०० जनालाई सरकारी खर्चमा र बाँकी ३०० जनालाई आफै टिकट काटेर स्वदेश फर्किन दिने निर्णय गरेको छ ।


ADVERTISEMENT

# # #


स्वदेश फर्कन चाहने मुलुकमा रहेका त्यहाँको नेपाली राजदूतावासले गरेको सिफारिसका आधारमा चार्टड विमानले उडान भर्नेछ । सीसीएमसीकाअनुसार पाँचौ चरणको यस उद्धार उडानमार्फत ५० हजार ६०० जनाको उद्धार गर्नेछ ।

सरकारले यसअघि भदौ १ गतेदेखि आन्तरिक र अन्तरराष्ट्रिय व्यवसायिक उद्धार गर्न दिने निर्णय गरेपनि कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि भदौ १५ गतेसम्मका लागि व्यवसायीका उडान स्थगन गर्ने निर्णय गरिसकेको छ ।