काठमाडौं – पछिल्लो २४ घण्टामा थप १ हजार १६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यो अहिलेसम्मकै उच्च संख्या हो ।


ADVERTISEMENT


यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३९ वटा प्रयोगशालामा १३ हजार ४६१ वटा पीसीआर टेस्ट भएको छ । हालसम्म ५ लाख ८२ हजार ८६७ वटा को पीसीआर परीक्षण गरिएको छ ।

हाल क्वारेन्टिनमा १३ हजार ९२६ जना रहेका छन् भने १० हजार ५६३ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् । २ हजार ८८७ जना होम आइशोलेसनमा रहेका छन् भने बाँकी संस्थागत आइशोलेसनमा छन् ।

हालसम्म १७ हजार ५८० जना निको भएको प्रवक्ता डा. गौतमले जनाएका छन् । यो कुल संक्रमितको ६२.२ प्रतिशत हो । पछिल्लो २४ घण्टामा ८५ जना निको भएका छन् ।

कुल संक्रमित मध्ये ११४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ७ जना संक्रमितको मृत्यु भएको छ ।

कुन जिल्लामा कति देखिए नयाँ संक्रमित ?

प्रदेश १ :
झापामा २१ जना, खोटाङमा १ जना, मोरङमा १०८ जना, ओखलढुंगामा १ जना, पाँचथरमा १ जना, सुनसरीमा ८ जना, उदयपुरमा २ जना र संखुवासभामा ३ जनामा कोरोना देखिएको छ ।

प्रदेश २ :
बारामा ४२ जना, धनुषामा ६४ जना, महोत्तरीमा २४ जना, पर्सामा १२८ जना, रौतहटमा ३७ जना, सप्तरीमा ३ जना, सर्लाहीमा १०७ जना र सिरहामा १६ जनामा कोरोना पुष्टि भएको छ ।

बाग्मती प्रदेश:
भक्तपुरमा १७ जना, चितवनमा ४९ जना, धादिङमा २ जना, दोलखामा २ जना, काठमाडौँमा १३८ जना, काभ्रेमा २१ जना, ललितपुरमा ५० जना, मकवानपुरमा ३० जना, सिन्धुलीमा १ जना र सिन्धुपाल्चोकमा ३ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

गण्डकी प्रदेश :
बाग्लुङमा ३ जना, गोरखामा २ जना, कास्कीमा १६ जना, लमजुङमा १ जना, नवलपरासी (पूर्व)मा ४ जना, स्याङ्गजामा १ जना र तनहुँमा २ जनामा कोरोना पाइएको छ ।

प्रदेश ५ :
बाँकेमा ६ जना, बर्दियामा ९ जना, दाङमा १ जना, कपिलवस्तुमा १९ जना, नवलपरासी (पश्चिम)मा १, रोल्पामा १ जना र रुपन्देहीमा १४ जनामा कोरोना संक्रमण देखिएको छ ।

कर्णाली प्रदेश :
दैलेखमा ५ जना, रुकुम (पश्चिम)मा १ जना, सुर्खेतमा १ जनामा कोरोना पाइएको छ ।

सुदूरपश्चिम प्रदेश :
दार्चुलामा २ जना, डोटीमा ४६ जना, कैलालीमा १ र कञ्चनपुरमा १ जना कोरोना संक्रमित थपिएका छन् ।