काठमाडौं – प्रहरीले पाईलट हुँ भन्दै महिलाहरुलाई प्रलोभनमा पारी गहना लुटपाट गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने मकवानपुर नामटार–२ घरका रोहिनजंग शाह भन्ने २३ वर्षीय रबिन सुनुवार रहेका छन् । उनलाई प्रहरीले मंगलबार उनकै कोठाबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार सुनुवारले विगत १ वर्ष अगाडिदेखि रोहिन जंग शाह नामबाट फेसबुक खोलेर सोही माध्यमबाट महिलाहरुलाई साथी बनाएका थिए । उनले आफूलाई नेपाल एयरलाइन्सको पाइलट हुँ भनी प्रलोभनमा पारी महिलाहरुसँग रहेका सुनको गहना लुटपाट गर्ने गरेको खुलेको हो ।


ADVERTISEMENT

# # #


सुनुवारले महिलाहरुबाट करिब ११ तोला बराबरको सुनका गहनाहरु र २ थान मोबाइल समेत लुटपाट गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकोमहानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।