काठमाडौं – पछिल्लो २४ घण्टामा थप ७०७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २९ हजार ६४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३९ वटा प्रयोगशालामा ११ हजार ८३२ वटा पीसीआर टेस्ट भएको छ । हालसम्म ५ लाख ६६ हजार २२० वटा को पीसीआर परीक्षण गरिएको छ ।


ADVERTISEMENT

# # #


हाल क्वारेन्टिनमा ११ हजार ७६८ जना रहेका छन् भने ११ हजार ५५५ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् । ३ हजार ७७२ जना होम आइशोलेसनमा रहेका छन् भने ८ हजार ८३ जना संस्थागत आइशोलेसनमा छन् ।

काठमाडौँ उपत्यकाका २ सय जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति थपिए ?

हालसम्म १७ हजार ९६४ जना निको भएको प्रवक्ता डा. गौतमले जनाएका छन् । यो कुल संक्रमितको ६१.० प्रतिशत हो । पछिल्लो २४ घण्टामा २६४ जना निको भएका छन् ।

कुल संक्रमित मध्ये १२६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ ।