काठमाडौँ – नेपालमा गत २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । २ महिला र ४ पुरुष गरि ६ जनाको मृत्यु भएको हो ।


ADVERTISEMENT


मृत्यु हुनेमा काठमाडौँका १ महिला, मकवानपुरका १ पुरुष, सप्तरीका १ पुरुष र पर्साका १ महिला र २ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


काठमाडौँ उपत्यकाका २ सय जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति थपिए ?

यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२६ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७०७ जना नयाँ संक्रमित थपिएका छन् भने २६४ जना निको भएका छन् ।

हाल नेपालमा २९ हजार ६४५ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ११ हजार ५५५ जना सक्रिय संक्रमित रहेका छन् ।