काठमाडौँ – विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का प्रभाव यस वर्ष हिन्दु नारीहरुको महान चाँड हरितालिका तिजमा पनि परेको छ । तिजका दिन सँधै भीडभाड र रमझम हुने शिव मन्दिरहरु यस वर्ष सुनसान छन् ।


ADVERTISEMENT


प्राय मन्दिरका ढोकाहरु भक्तजनका लागि बन्द गरिएका छन् । हिन्दुहरुको प्रमुख आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर पनि यस वर्ष सुनसान देखिएको छ । कोरोनाको संक्रमणबाट बच्न काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ । सर्वसाधारणहरु घर बाहिर निस्कन पाएका छैनन् ।


ADVERTISEMENT

# # #


दर्शनका लागि गएका पशुपति क्षेत्र आसपासमा भक्तजन पनि पशुपतिको बाहिरबाटै फर्किएका छन् । सरकारले पनि घरमै बसेर सुरक्षामा मापदण्ड अपनाउँदै तिज मनाउन आग्रह गरेको छ ।

बन्द रहेको पशुपति नाथ मन्दिर परिशरको प्रवेशद्वार ।

सुनसान पशुपतिनाथ मन्दिर परिसर

पशुपतिनाथ मन्दिर परिसरमा शुक्रबार पूजाआजा गर्दै एक महिला ।

पशुपतिनाथ मन्दिर परिसरमा शुक्रबार पूजाआजा गर्दै एक महिला ।

पशुपतिनाथ मन्दिर स्थित बाग्मती किनारमा पूजाआजा गर्दै हिन्दु महिला ।

तस्बिर : रासस