काठमाडौँ– कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा सरकारले हालसम्म करीब १२ अर्ब रुपैयाँ खर्च गरेको छ । सरकारले गत चैत ११ देखि गरेको देशव्यापी लकडाउनदेखि साउन मसान्तसम्म औषधि तथा स्वास्थ्य सामाग्री खरीद, जनशक्ति पचिालन, पूर्वाधार, आइसोलेशन एवं क्वारेन्टिन क्षेत्रमा सरकारले ११ अर्ब ९८ करोड ३१ लाख रुपैयाँ खर्च गरेको सरकारका प्रवक्ता अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।
खतिवडाकाअनुसार यस अवधिमा संघीय सरकारले कोरोनाका लागि ५ अर्ब ८४ करोड ८० लाख, प्रदेशले १ अर्ब ४९ करोड ७० लाख र स्थानीय तहले ६ अर्ब दुई करोड ८१ लाख खर्च गरेका छन् ।


ADVERTISEMENT


कोरोना संक्रमण र जोखिम बढ्दै गएको बताउँदै उनले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा अझ खर्च बढाइने बताए । आगामी दिनमा सरकारले डेडिकेटेड हस्पिटल निर्माण र आइसीयु तथा भेन्टिलेटर जस्ता स्वास्थ्य पूर्वाधार थपिने जानकारी उनले दिए । ‘यसका लागि सरकारले संघ तथा प्रदेशमातहत र स्थानीय तहमा रहेका स्वास्थ्य संस्थालाई सहयोग गरिरहेको छ,’ उनले बताए ।


ADVERTISEMENT

# # #


सरकारले कोरोना रोकथाम, नियन्त्रण एवं उपचारमा सो बराबरको खर्च गरेको बताएपनि सरकारले हालसम्म एउटै भेन्टिलेटर र आइसीयु खरीद गरेको छैन । यो अवधिमा सरकारले उद्धार गरेका विदेशमा अलपत्र नेपाली कामदारहरु चर्को हवाइ खर्चमा स्वदेश फर्किएका छन् भने आफ्नै खर्चले होटेलको क्वारिन्टिनमा बस्न बाध्य छन् ।