काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट खेलाडीको कोरोना बीमा गरेको छ । क्यानले २५ पुरुष क्रिकेट खेलाडीसहित पदाधिकारी र कर्मचारी गरी ५१ जनाको कोरोना बीमा गरेको हो ।


ADVERTISEMENT


 

कोरोनाको जोखिम बढ्दै गएपछि खेलाडी, पदाधिकारी र कर्मचारीको स्वास्थ्य सुरक्षाका लागि २ साता अघि कोरोना बीमा गर्ने निर्णय गरेको थियो ।


ADVERTISEMENT

# # #


पुरुष टोलीको मात्र कोरोना बिमा गरेको क्यानले महिला राष्ट्रिय क्रिकेट टोलीको पनि बिमा गर्ने योजना बनाएको बताएको छ ।