काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १६६ जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ । उनीहरुमध्ये काठमाडौंका १२६ जना, भक्तपुरका २८ जना र ललितपुरका १२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


पछिल्लो २४ घण्टामा नेपालमा ८१८ जना कोरोना संक्रमित भेटिएका छन् । यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै गत २४ घण्टामा २८१ जना निको भएका छन् भने हालसम्म १८ हजार ६३१ जना उपचारपछि निको भएका छन् ।


ADVERTISEMENT

# # #


कुल संक्रमित मध्ये १४९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको छ ।

सम्बन्धित समाचार
– कोरोना अपडेट : थप ८१८ जनामा संक्रमण पुष्टि, २८१ जना डिस्चार्ज
– गत २४ घण्टामा कोरोनाबाट थप ३ जनाको मृत्यु

आज कुन जिल्लामा कति देखिए नयाँ संक्रमित ?

प्रदेश १ :
झापामा १० जना, मोरङमा ५० जना र सुनसरीमा ९ जनामा कोरोना देखिएको छ ।

प्रदेश २ :
बारामा ३९ जना, धनुषामा ६० जना, महोत्तरीमा ३४ जना, पर्सामा १३९ जना, रौतहटमा ९ जना, सप्तरीमा ४ जना, सर्लाहीमा ९१ जना र सिरहामा १४ जनामा कोरोना पुष्टि भएको छ ।

बाग्मती प्रदेश :
काठमाडौंमा १२६ जना, ललितपुरमा १२ जना, भक्तपुरमा २८ जना, काभ्रेमा २७ जना, दोलखामा ६ जना, धादिङमा १ जना, मकवानपुरमा १ जना, रसुवामा १ जना, रामेछापमा २ जना र सिन्धलीमा १ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

गण्डकी प्रदेश :
कास्कीमा ५ जना, गारेखामा २ जना, अर्घाखाँचीमा १२ जना र नवलपरासी (पूर्व)मा ३ जनामा कोरोना पाइएको छ ।

प्रदेश ५ :
बाँकेमा ११ जना, दाङमा ४ जना, कपिलवस्तुमा ११ जना, नवलपरासी (पश्चिम)मा ३० जना, पाल्पामा २ जना, रोल्पामा १ जना, रुकुम (पश्चिम)मा १ जना, प्यूठानमा २ जना, बदिर्यामा २ जना र रुपन्देहीमा २८ जनामा कोरोना संक्रमण देखिएको छ ।

कर्णाली प्रदेश :
जुम्लामा २ जना, रुकुम (पश्चिम) ६ मा सल्यानमा ६ जना, र सुर्खेतमा २ जनामा कोरोना पाइएको छ ।

सुदूरपश्चिम प्रदेश :
अछाममा २३ जना, बझाङमा ३ जना, डडेल्धुरामा २ जना, दार्चुलामा १ जना र बैतडीमा ४ जना कोरोना संक्रमित थपिएका छन् ।

यसरी २२० जना महिला र ५९८ जना पुरुष गरी ८१८ जनामा कोरोना पुष्टि भएको छ ।