काठमाडौँ – काठमाडौँ उपत्यकाका १८ स्थानीय तहले यही भदौ १५ गतेसम्मका लागि अत्यावश्यकबाहेकका सेवा सञ्चालन नगर्ने भएका छन् ।


ADVERTISEMENT


पछिल्लो समय हरेक दिन उपत्यकामा कारोना भाइरसका बिरामी बढ्दै जाँदा खतरा बढेको जनाउँदै आज बसेको उपत्यका नगरपालिका फोरमको बैठकले यस्तो निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


बैठकले उपत्यकाका स्थानीय तहबाट पुनःसञ्चालन हुँदै आएका सेवामध्ये अत्याश्यकबाहेक सेवालाई भदौ ९ गतेसम्म कायम गरिएकामा पुनः भदौ दोस्रो हप्तासम्मका लागि स्थगन गर्ने निर्णय गरेको हो । उपत्यकामा कोभिड—१९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि तत्कालै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको समन्वयमा कन्ट्याक्ट ट्रेसिङ र परीक्षणको दायरा फराकिलो बनाउने निर्णय गरिएको छ ।

उपत्यका नगरपालिका फोरमका अध्यक्ष तथा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले स्वास्थ्य मन्त्रालयको टोलीसहित मङ्गलबारदेखि नै उपत्यकाका पालिकामा तालिका बनाएरै कन्ट्याक्ट ट्रेसिङ र परीक्षण अघि बढाइने जानकारी दिए । अहिलेसम्म उपत्यकाका पालिकाको तथ्याङ्कानुसार दुई हजार ७ ४६ संक्रमित भेटिएकाले करीब २८ हजार पाँच सय जनाको कन्ट्याक्ट ट्रेसिङ गर्ने तयारी रहेको प्रमुख शाक्यले बताए ।

बैठकले ढिलोमा भदौ १५ गतेसम्म अनुमानित सबैको परीक्षण सक्ने गरी तालिका बनाएर अघि बढ्ने निर्णय गर्दै सङ्क्रमणबाट सकेसम्म बच्नका लागि सबै नागरिकलाई आग्रह गरेको छ । बैठकमा सहभागी स्वास्थ्यमन्त्रीका जनस्वास्थ्य सल्लाहकार डा खेम कार्कीले कोरोनाविरुद्धको युद्धमा एक जुट नहुने हो भने कोरोनाले जित्ने बताए । ‘काठमाडौँभित्र कम्तीमा १५ हजार सङ्क्रमित रहेको हुन सक्ने अनुमान छ’, उनले भने, ‘हामीले त्यो घेरा तोड्न सकेनौँ भने अवस्था भयावह हुन सक्छ । त्यसैले २४ सै घण्टा कोरोना नियन्त्रणमा लाग्नुपर्छ ।’

कोरोना महहामारी नियन्त्रण गर्न कन्ट्याक्ट ट्रेसिङ, परीक्षण र आइसोलेशन गर्ने विधिलाई प्राथमिकता दिनुपर्ने बैठकमा सहभागीको माग थियो । स्वाथ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण सिंहले आवश्यक जनशक्ति व्यवस्थापनमा विभाग तयार रहेको स्पष्ट पारे । विभागका डा. अमित पोखरेलले तत्काल कन्ट्याक्ट टे«सिङबाट परीक्षण गर्न सकियो भने ८५ प्रतिशत सुरक्षित हुने बताए । रासस