काठमाडौं । उपप्रधान तथा रक्षान्त्री इश्वर पोखरेल प्रति लक्षित बिवादित बिषयमा नेकपाका युवा नेताहरुले कडा प्रतिरोध गरेका छन् । मन्त्री पोखरेल माथि लगाईएको आरोप ‘झुटो’ भन्दै प्रमाणित गरेर देखाउन नेकपाका युवा नेता पर्शुराम बस्नेतले सार्बजनिक रुपमा नै चुनौति समेत दिएका छन् ।


ADVERTISEMENT


झुट्टा कहानी बनाएर चरित्र हत्या गरिएको बिषय धेरै दिन नटिक्ने भन्दै नेकपाका युवा नेताहरुले भत्र्सना गरेका छन् ।


ADVERTISEMENT

# # #


मिडिया र समाजिक सन्जालहरुमा मन्त्री पोखरेल र उनका सम्धी उपेन्द्र कोइरालाका बिषयमा प्रतिशोध साँध्ने हिसाबले योजनाबद्ध रुपमा भ्रम छरिएको उनीहरुको आरोप छ ।

राष्ट्रिय वाणिज्य बैँकको सञ्चालक समिति अध्यक्षमा कोइरालालाई नियुक्ति गर्ने तयारी भइरहेको समाचार यतिबेला मिडियाका लागि ‘हट केक’ बनिरहेको छ भने सो बिषयले सामाजिक सञ्जाल समेत तताईरहेको छ ।

आज मात्रै मन्त्री पोखरेलले विवादित बिषयबारे धारणा सार्बजनिक गर्दै सम्बन्धको दुरुपयोग नगरेको र आरोप प्रमाणित भए सजाय भोग्न तयार रहेको समेत बताईसकेका छन् ।