काठमाडौँ – नेपालका चर्चित उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  चौधरीले शुक्रबार ट्वीट गर्दै आफूलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका हुन् ।


ADVERTISEMENT


संक्रमितको सम्पर्कमा आएपछि पीसीआर जाँच गर्दा कोरोना पोजेटिभ देखिएको उनले बताएका छन् । उनलाई कोरोना पोजेटिभ देखिएपनि कुनै लक्षण देखिएको छैन ।


ADVERTISEMENT

# # #


‘बिहान पीसीआर परीक्षण गर्दा मलाई कोरोना पोजेटिभ देखिएको छ । भगवानको कृपाले अहिलेसम्म कुनै लक्षण भने देखिएको छैन ।’ ट्वीटरमा उनले भनेका छन्, ‘यद्दपी डाक्टरको सल्लाह अनुसार म आइशोलेसनमा बसेको छु । मेरो सम्पर्कमा आएका जोजति हुनुहुन्छ, कृपया आवश्यक सावधानी अपनाउनुहोला ।’