काठमाडौँ – हिन्दू परम्पराअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल पक्षमा पितृलाई सम्झिएर गरिने सोह्र श्राद्ध यस वर्ष अनलाइनबाट गर्न रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आग्रह गरेको छ । सुचना सार्वजनिक गर्दै समुदायस्तरमा नै कोरोना संक्रमण बढ्दै गएकाले भच्र्युल माध्यमबाट अनलाइनमार्फत सोह्र श्राद्ध गर्न आग्रह नगरपालिकाले गरेको हो ।


ADVERTISEMENT


एकजना पुरोहित धेरैको घरमा गएर श्राद्ध गराउने चलन रहेकाले यसले कोरोनाको संक्रमण सर्न सक्ने भन्दै संक्रमणको जोखिम रोक्न वैकल्पिक माध्यमबाट श्राद्ध गर्न नगरपालिकाका गरेको छ ।


ADVERTISEMENT

# # #


नगरपालिकाले  श्राद्धमा आफन्तजन, छरछिमेकीहरुलाई पनि नबोलाउन आग्रह गरेको छ । यसैगरी नगरपालिकाले जन्म, न्वारन, व्रतबन्ध, विवाह, मृत्युसंस्कार जस्ता कर्म पनि केबल पारिवारिक सहभागितामा मात्रै गर्न भनेको छ ।

सोह्र श्राद्ध यस वर्ष भदौ १७ गतेबाट शुरु हुँदैछ ।

 

नगरपालिकाको सूचना