काठमाडौँ – अर्थ, सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडालेपदबाट राजीनामा दिएका छन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री खतिवडाले शुक्रबार प्रधानमन्त्री केपी शर्माओलीसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।


ADVERTISEMENT


सरकारको सिफारिसमा राष्ट्रपतिमार्फत राष्ट्रियसभाका सदस्य हुँदै अर्थमन्त्री बनेका खतिवडाको २ वर्षेकाल सकिएर अर्को ६ महिने अवधि पनि सकिएसँगै राजीनामा दिएका हुन् ।


ADVERTISEMENT

# # #


सरकारको सिफारिसमा राष्ट्रपतिमार्फत राष्ट्रियसभाका लागि मनोनय भएका अर्थमन्त्री खतिवडाको २ वर्षे कार्यकाल गत फागुनमा नै सकिएको थियो । संसदको सदस्य नभएपनि ६ महीनासम्म मन्त्री हुन पाउने कानूनअनुसार फागुनमा राजीनामा दिएर उनी पुनः ६ महिना मन्त्री बनेका थिए ।

खतिवडा अर्थमन्त्रीमा पुनः नियुक्त भएको भदौ २० गते (भोलि) ६ महीना पुग्दैछ । त्यसको अघिल्लो दिन उनले राजीनामा दिएका हुन् । राजीनामा पछि अर्थमन्त्री खतिवडालाई प्रधानमन्त्री ओलीले अब आफ्नो प्रमुख आर्थिक सल्लाहकार बनाउने कतिपयले आँकलन गरेका छन् ।

आज बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले दुई वर्षसम्म सरकारलाई साथ दिएको भन्दै खतिवडालाई धन्यवाद दिएका थिए ।

आजै बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको एक रिक्त सदस्य पदका लागि नेकपा उपाध्यक्ष बामदेव गौतमको नाम राष्ट्रपति समक्ष सिफारिस गरेको छ । बामदेवलाई राष्ट्रियसभामा पठाउने निर्णयसँगै उनी अब उपप्रधानसहित अर्थमन्त्री बन्ने चर्चा सुरु भएको छ ।

संवैधानिक प्रावधानअनुसार सरकारको सिफारिशमा राष्ट्रपतिले राष्ट्रियसभा सदस्य नियुक्त गर्ने प्रावधान छ ।