विशाल पाण्डे, काठमाडौँ ।


ADVERTISEMENT


विश्वभर हालसम्म कोरोना संक्रमितको संख्या २ करोड ६६ लाख नाघेको छ । जसमा ८ लाख ७५ हजारको मृत्यु भएकोमा १ करोड ७७ लाख बढी संक्रमित निको भएर घर फर्किसकेका छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)कैअनुसार कोरोनाको मृत्यूदर ३ प्रतिशत मात्रै रहेको छ ।


ADVERTISEMENT

# # #


नेपालमै पनि जम्मा २७ हजार १२७ कोरोना संक्रमित बिना उपचार निको भएर घर फर्किसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर हालसम्म २८० जनाको मृत्यु कोरोना संक्रमणका कारण भएको गिन्ती गरेपनि मन्त्रालयले नै १० जनाको मात्रै कोरोनाका कारण मृत्यु भएको र अन्यको मृत्यु अन्य रोगका कारण भएको डेटा निकालेको छ । भ्याक्सिन नै नभएको र कुनैपनि औषधोपचारबिना कोरोनाका बिरामी निको भइरहे पनि यसलाई महामारी भनेर जनमानसमा जर्बजस्ती त्रास फैलाउने काम भइरहेको छ ।

सामान्य अवस्थामा विश्वभर दैनिक १ लाख ५० हजार मानिसको मृत्यु हुने गरेकोमा कोरोना संक्रमण शुरु भएयता करीब ४ करोड बढी मानिसको मृत्यु भइसकेको छ । यो अवधिमा साढे ८ लाखको मात्रै कोरोनाका कारण मृत्यु भएकोमा ती अधिकांश दीर्घरोगी र वृद्धवृद्धा रहेका छन् । नेपालकै कुरा गर्दा कोरोना बाहेक अन्य रोग र दुर्घटनामा परेर दैनिक करीब ५ सय जनाको मृत्यु हुने गरेकोमा पछिल्लो समय मृत्यु घटेको देखिन्छ । दैनिक सयौँ जनाको दाहसंस्कार हुने पशुपति आर्यघाटमा कोरोना संक्रमण शुरु भएपछि लास घट्नुले पनि यसलाई प्रमाणित गर्छ ।

यतिवेला अन्तरराष्ट्रिय संघसंस्था, ठूला उद्योगी, मिडियाहरुले जबजस्ती कोरोनालाई प्राणघातक भाइरस भन्ने बुझाइ स्थापित गरिरहेका छन् । आत्मबल कमजोर हुँदा मानिसको शरीरमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतामा कमी आउँछ, पछिल्लो समय कोरोनाबारे फैलाइएको कृतिम त्रासका कारण मानिसको मानसिक र शारीरिक स्वास्थ्यमा विभिन्न समस्याहरु देखिन थालेका छन् । कृतिम त्रास र निराशा फैलिएकाले यसलाई संक्रमणभन्दा बढी षड्यन्त्रका रुपमा कोरोनाले भूमिका खेलेको देखिन्छ ।

विगत ५ महीनामा मात्रै नेपालमा २५ सय बढीले आत्महत्या गरिसकेका छन् भने अधिकांश मानिश डिप्रेशनको शिकार भएका छन् । पछिल्लो समय डिप्रेशनको औषधिको माग बढिरहेको औषधि उद्योगले समेत बताइरहेका छन् । यी घटनाहरुमा कतै न कतै कोरोना र लकडाउनको धागो जेलिएर जोडिएको छ ।

अन्तररास्ट्रिय मेडिकल माफिया र कमिशनखोर मिडियाहरुले मानिसहरुको जीवन संग खेलबाड गरेको देखिन्छ। हामीले सुन्दै हेर्दै आइरहेकाछौँ डब्लूएचएकै अध्यक्ष र कर्मचारीहरुले सर्वसाधारणलाई धम्कीपूर्ण चेतावनी दिइरहेका छन। विश्वमा जर्बजस्ती लकडाउन लगाउन दबाब दिइरहेका छन् । कतै कोरोनाको राम्रो खबर आउन थालेपछि डब्लूएचओले कोरोनाको भ्याक्सिन अझैँ दुई वर्ष बन्दै, कोरोनाको संक्रमण भर्खरै शुरु भयो, कोरोनाको खतरा अझैँ बाँकी छ जस्ता भ्रमपूर्ण अभिव्यक्ति दिइरहेको छ । कोरोनाका सन्दर्भमा सबैभन्दा भ्रममा डब्लूएचओ हो भन्दा फरक नपर्ला । जसले मानिसहरुलाई अत्याउनेबाहेकको कुनैपनि काम गरेको देखिदैन । अघिल्लो दिन डब्लूएचओले एउटा अभिव्यक्ति दिएको छ र त्यसअनुसारको मापदण्ड अपनाएर सर्वसाधारणले जीवन सरल बनाउन थालेभने पछिल्लो दिन डब्लूएचओले आफैले बोलेको अभिव्यक्ति फेरेर अवस्था सामान्य हुन नदिने खेल खेलिरहेको छ । स्वास्थ्यप्रति जिम्मेवार अन्तरराष्ट्रिय संस्था डब्लूएचओेले सन्तुलित किसिमका उपायहरु सुझाउनु पर्नेमा अनावश्यक त्रास फैलाइरहेको छ । जसले शारिरीक भन्दा मानिशहरुले मानसिक रुपले कमजोर हुँदै गएका छन् ।

अर्को महत्वपूर्ण कुरा कोरोनाको परीक्षण नै गैह्रकानुनी किसिमले भइरहेको छ, जसले सर्वसाधारणलाई भ्रममा पारेको छ । पीसीआर मेशिनको आविस्कार अमेरिकन बायोकेमिस्ट केरी मुलिसले सन १९८३ मा आविस्कार गरेका हुन्, जसले सन् १९९३ मा विश्व नोबेल पुरस्कार पनि पाएका छन् । तर स्वयं उनैले पनि पीसीआर मेशिन आफ्नो अनुसन्धानको लागि मात्रै भएको र यो प्रयोग गर्न नमिल्ने बताएका थिए । नट फर युज लेखिएको पीसीआर मेशिनलाई आधार मानेर कोरोनाको अफबाह फैलाइँदैछ जुन मेडिकल साइन्सको हिसाबले गलत हो।

यहाँ पीसीआरको प्रयोगलाई अनुमति दिने डब्लूएचओकै नियत कतैबाट पनि ठीक देखिदैन। श्रीलंकामा तामिल टाइगर पृथकतावादीलाई समाप्त पार्दा त्यहाँ व्यापक मानवअधिकारको हनन भयो भनेर पृथकतावादीहरुलाई बचाउन खोज्दा राष्ट्रसंघको अफिसमा आगो लाएर खेदाए जस्तै अहिले डब्लूएचओलाई बहिस्कार गरेर कोरोनालाई जितेका मुलुकहरु उदाहरणका लागि हाम्रै आँखा अगाडि छन् । तुर्कमेनिस्तानमा कोरोना संक्रमण भन्दै मास्क लगाउन अनिवार्य गरिएको छैन । उक्त देश कोरोना भ्रामक भएको भन्दै साबिककै अवस्थामा चलिरहेको छ। यस्तै अन्य देशले पनि डब्लूएचओ क्रमश बहिस्कार गरिरहेका छन्, लकडाउन खोलिरहेका छन् । र त्यहाँ अवस्था सामान्य छ । स्कूल, उद्योग, सिनेमा हल, यातायात सबै खुला छन् तर कोही पनि कोरोना लागेर भटाभट मरेका छैनन् ।

चीनले एलोपेथिक उपचार विधि बाट सम्भव नभएपछि होमियोपेथिक उपचार विधि बाट कोरोना नियन्त्रण गर्यो।कोरोनाको सुरुवात देखिनै लकडाउन नलगाउने जापानले पनि कोरोना जितिसक्यो।दक्षिण कोरियाले पनि छोटो समय लकडाउन गर्यो, त्यहाँ स्थिति सामान्य छ ।

हाम्रै छिमेकमा रहेको पाकिस्तानलाई हेर्ने हो भने उसले कोरोना संक्रमणको शुरु देखि नै अर्थतन्त्र र भाइरस संक्रमणलाई सन्तुलनमा राखेर परिपक्क निर्णयहरु गरिरहेको छ । त्यहाँका प्रधानमन्त्री इमरान खानले मलाई जनता र अर्थतन्त्र दुबै बचाउनुछ भनेर देशव्यापी लकडाउन नै गरेनन् । र अहिले त्यहाँको अर्थतन्त्र पनि राम्रो छ, जनताको स्वास्थ्य पनि राम्रो छ । मुलुक जति नै गरीव भएपनि कार्यकारी प्रमुख परिपक्क छ भने कुनै न कुनै किसिमले सन्तुलित उपाय खोज्दो रहेछ भन्ने उदाहरण बनेको छ पाकिस्तान ।

अन्ततः आधा वर्षभन्दा लामो लकडाउन गरेपनि नेपालमा कोरोना संक्रमण नियन्त्रणमा आउन सकेको छैन, झन झन बढिरहेको छ । धेरैलाई असर नै नगर्ने, लागिहाले पनि सामान्य संक्रमण जस्तो निको हुने र मृत्युदर पनि एकदमै न्यून भएको कोरोनाका कारण देश नै ठप्प राखिराख्ने कि यसको विकल्प खोज्ने सोच्नुपर्ने वेला आएको छ ।