काठमाडौँ – महालक्ष्मी विकास बैंक र सेन्ट्रल डायगनोस्टिक ल्याब्रोटरीबीच सम्झौता भएको छ । सम्झौता अनुसार अब महालक्ष्मी विकास बैंकका ग्राहकले सेन्ट्रल डायगनोस्टिक ल्याब्रोटरीमा कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्दा र अन्य गुणस्तरीय स्वास्थ्य सेवामा छुट प्राप्त गर्नेछन् ।


ADVERTISEMENT


उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत सागर शर्मा र कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उमेश प्रसाद गुप्ता ज्यूले हस्ताक्षर गरेका हुन् ।


ADVERTISEMENT

# # #


उक्त सम्झौता अनुसार बैंकको डेबिट कार्ड तथा मोवाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु, कर्मचारी लगायत कर्मचारीका परिवारले सेन्ट्रल डायगनोस्टिक ल्याब्रोटरीमा उपचार गराउँदा विभिन्न सेवा शुल्कमा छुट पाउनेछन् । सम्झौता अनुसार बैंकका डेबिट कार्ड तथा मोवाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु, कर्मचारी साथै कर्मचारीका परिवारले जनरल प्याथोलोजी टेष्टमा अधिकतम २५ प्रतिशथ, र कोभिड–१९ को परीक्षणमा अधिकतम १५ प्रतिशत आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

देशका १०२ वटा शाखाहरुबाट बैकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले आगामी दिनहरुमा उक्त कम्पनीसँग समन्वय गरी विभिन्न स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमहरु गर्दै जाने सहमति गरेको जनाएको छ ।