काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ८ सय १४ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमण पछि निको भएका छन् । यस्तै ९८० जनामा संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ४६ हजार २ सय ५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३९ वटा प्रयोगशालामा १० हजार ३८२ वटा पीसीआर टेस्ट भएको छ । हालसम्म ७ लाख ६८ हजार ३ सय ४५ पीसीआर परीक्षण गरिएको छ ।

हाल क्वारेन्टिनमा ४ हजार ७ सय ३ जना रहेका छन् भने १७ हजार २७ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् । ७ हजार ८ सय २६ जना होम आइशोलेसनमा रहेका छन् भने ९ हजार २ सय १ जना संस्थागत आइशोलेसनमा छन् ।

हालसम्म निको हुनेको संख्या २८ हजार ९ सय ४१ जना निको भएको प्रवक्ता डा. गौतमले जनाएका छन् । यो कुल संक्रमितको ६३ प्रतिशत हो ।

कुल संक्रमित मध्ये २८० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९ जना संक्रमितको मृत्यु भएको छ ।