काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ७ सय ३६ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमण पछि निको भएका छन् । यस्तै ९७९ जनामा संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३९ वटा प्रयोगशालामा ९ हजार २१८ वटा पीसीआर टेस्ट भएको छ । हालसम्म ७ लाख ७७ हजार ५ सय ६३ पीसीआर परीक्षण गरिएको छ ।

हाल क्वारेन्टिनमा ४ हजार ७ सय ३९ जना रहेका छन् भने १६ हजार २ सय ५९ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् । ७ हजार १ सय ९० जना होम आइशोलेसनमा रहेका छन् भने ९ हजार ६९ जना संस्थागत आइशोलेसनमा छन् ।

हालसम्म निको हुनेको संख्या ३० हजार ६ सय ७७ जना निको भएको प्रवक्ता डा. गौतमले जनाएका छन् । यो कुल संक्रमितको ६५ प्रतिशत हो ।

कुल संक्रमित मध्ये ३०० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ११ जना संक्रमितको मृत्यु भएको छ ।