काठमाडौँ – निशेधाज्ञाका कारण व्यवसाय ठप्प र सहज बैंकीङ सुविधा उपलब्ध नभएपनि कर उठाउन भने ३ दिन खुला गर्न निर्देशन दिएको छ । आजदेखि ३ दिनसम्म राष्ट्रबैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले क, ख र ग वर्गका बित्तीय संस्थाहरुलाई सोमबार एक परिपत्र जारी गर्दै निषेधाज्ञाकै अवधिमा पनि सबै राजश्व संकलन गर्ने शाखा तथा काउण्टरहरु एवम् बैंकका क्लियरिङ सम्बन्धी कार्य गर्ने सबै काउण्टरहरु र नेपाल क्लियरिङ हाउस खुल्ला गर्न भनेको हो ।


ADVERTISEMENT


केन्द्रीय बैंकले भदौ २३, २४ र २५ गते त्यस्ता शाखा तथा काउण्टरहरु खुल्ला राख्न भनेको हो ।


ADVERTISEMENT

# # #


यसअघि राष्ट्र बैंकले सर्वसाधारणलाई बैंकीङ सेवा दिन सीमित शाखा मात्र खोल्न निर्देशन दिएको थियो । तर, सरकारलाई महीना मरेपछि राजश्व संकलनका लागि राजश्व संकलन गर्ने शाखा तथा काउण्टर अनिवार्य रुपमा ३ दिन खोल्न भनी गरिएको परिपत्रको करदाता तथा अन्य सर्वसाधारणहरुले भने तीव्र आलोचना गरेका छन् ।

करदाताहरुले अन्य सेवासुविधाका वेला कोरोनाको भय देखाउँदै सबै सेवा बन्द गर्ने र राजश्व उठाउनलाई भने सबै शाखा र काउन्टर खोल्ने निर्णयको विरोध गरेका छन् । उनीहरुले भनेका छन्, ‘अरुवेला कोरोना सर्ने कर उठाउने वेला भने कोरोना नसर्ने भन्ने हुन्छ?