काठमाडौँ – हिन्दू धर्मअनुसार धनकी देवी लक्ष्मीलाई खुसी पार्नका लागि उनको पूजा अर्चना गर्ने गरिन्छ । दिपावलीमा पनि उनको विशेष पूजा गर्ने प्रचलन छ । जसबाट प्रसन्न भएर लक्ष्मीले आफ्ना भक्तजनहरुलाई धनसम्पत्ति दिने धार्मिक विश्वास छ ।


ADVERTISEMENT


भन्ने गरिन्छ, जोसँग लक्ष्मी माता प्रसन्न हुन्नन्, त्यो व्यक्तिले सँधै सम्पत्तिको अभावको सामना गर्नुपर्दछ । केही यस्ता मान्यताहरु रहेका छन्, जुन रात या साँझको बेला गर्दा लक्ष्मी माता रिसाउँछिन् । त्यसकारण हामीले यस्ता काम गर्नुहुन्न । आउनुहोस् जानौँ, के के हुन् ती काम ?


ADVERTISEMENT

# # #


१. यस्तो भन्ने गरिन्छ कि साँझको बेला रुपैयाँ, दूध या दही अरुलाई दिनु हुँदैन । यसलाई ध्यान दिनुपर्छ कि तपाईं बाहिरबाट यी चिज ल्याउन सक्नुहुन्छ । तर, घरबाहिर कसैलाई दिन सक्नुहुन्न । यस्तो गर्दा लक्ष्मी रिसाउँछिन् ।

२. जुत तरिकाले बिहानै पूजा गर्नु पहिले सरसफाई गर्ने गरिन्छ, त्यसैगरि घरमा साँझ पनि सरसफाई गर्नुहोस् । साँझ सूर्यास्त हुनुपहिले नै घरमा कुचो लगाउनु पर्छ । खासगरी मुख्य ढोकाअगाडि फोहोर चिजहरु राख्नु हुँदैन ।

३. साँझ भान्साकोठा सफाइ गरिसकेपछि मात्रै सुत्नु पर्दछ । राती घरमा जुठा भाँडाहरु राख्नु हुँदैन ।

४. माता लक्ष्मीकै कृपाले हामीलाई अन्न मिल्छ । त्यसकारण कहिल्यै पनि अन्नको अनादर गर्नु हुन्न । कहिल्यै पनि खाना फाल्नु हुँदैन । जसका कारण जीवनमा धन वैभवमा अभाव आउँछ ।

५. जुन घरमा महिलाको अपमान हुन्छ, त्यहाँ कहिल्यै पनि लक्ष्मीको वास हुन सक्दैन । त्यसकारण महिलालाई सँधै आदर गर्नुहोस् । यस्तै साँझपख घरमा मिठा खानेकुरा बनाएर लक्ष्मीलाई अर्पण गर्नुपर्छ ।