काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा २ हजार २ सय ८७ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमण पछि निको भएका छन् । यो अहिलेसम्मकै उच्च संख्या हो ।


ADVERTISEMENT


यस्तै ९०२ जनामा संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ४८ हजार १३ सय ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३९ वटा प्रयोगशालामा १० हजार ६११ वटा पीसीआर टेस्ट भएको छ । हालसम्म ७ लाख ८८ हजार १ सय ७४ पीसीआर परीक्षण गरिएको छ ।

हाल क्वारेन्टिनमा ५ हजार ३ सय १० जना रहेका छन् भने १४ हजार ८ सय ६८ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् । ६ हजार ८ सय १५ जना होम आइशोलेसनमा रहेका छन् भने ८ हजार ५३ जना संस्थागत आइशोलेसनमा छन् ।

हालसम्म निको हुनेको संख्या ३० हजार ६ सय ७७ जना निको भएको प्रवक्ता डा. गौतमले जनाएका छन् । यो कुल संक्रमितको ६८ प्रतिशत हो ।

कुल संक्रमित मध्ये ३०६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ ।