मिलन मोक्तान, संस्थापक निर्देशक, साधना कला केन्द्र 


ADVERTISEMENT


के हो ‘साधना अनलाईन ट्यालेन्ट हन्ट’ ? 


ADVERTISEMENT

# # #


कोरोनापछिको बन्दाबन्दीका कारण व्यवसाय, अध्ययन, काम, घूमफिरदेखि सबै कुरा ठप्प छ र मान्छेहरु घरभित्र थुनिएर बस्न विवश हुनुपरेको छ । रोगबाट बच्न घरभित्र थुनिएर बसेपनि यही कारणले मानसिक रुपले विक्षिप्त बन्नुपर्ने अवस्था छ । मानिसलाई सँधैंको एकै किसिमको दैनिकीका कारण उदेगलाग्दो वातावरण सिर्जना भएको छ । यही अवस्थामा हामीले रचनात्मक किसिमले सोच्यौं । जसकारण नयाँ प्रतीभाको खोजी पनि हुन्छ र प्रतियोगीहरुलाई मनोरञ्जनका साथ केही गर्दैछु भन्ने सोचका साथ स्फूर्ती पनि हुन्छ भन्ने उद्देश्यका साथ हामीहरुले बन्दाबन्दीकै समयमा साधना अनलाईन ट्यालेन्ट हन्ट सुरु गर्यौं ।  यस्को पहिलो संस्करण सफलता पूर्वक सम्पन्न गरिसकेका छौं । अहिले हामी दोश्रो संस्करण अघि बढाईरहेका छौं । प्रतियोगितामा भाग लिनका लागि अनलाइन मार्फत रजिष्ट्रेशन खुला गरिएको छ ।

यो यस्तो सांगीतिक प्रतिस्पर्धा हो जस्बाट घरमा बसीबसी सहभागी भएर आफ्नो कला र क्षमता संसारलाई देखाउन र चिनाउन सक्नुहुनेछ । पछिल्लो समय प्रविधिको विकासका कारण मोबाइल एपमै अधिकांश राम्रा गीतहरुको ट्र्याक पाइन्छ । सोही ट्र्याक मार्फत प्रतियोगीहरुले मोबाइलमा आफ्नो आवाज रेकर्ड गरेर साधना कला केन्द्रमा अनलाइनमार्फत पठाउन सक्नुहुनेछ ।

हामीले यसअघि बैशाख १५ देखि जेठ ५ गतेसम्मको समयावधी राखेर पहिलो संस्करणको कार्यक्रम सम्पन्न गरेका थियौँ । त्यतिवेला कोरोनाको सबैभन्दा महामारी रहेको इटलीदेखि संसारभरि छरिएर रहेका नेपालीले सहभागिता जनाउनुभयो । हाम्रो पहिलो संस्करण बारे संसारभरिबाट राम्रो प्रतिकृया आयो । पहिलो संस्करणमा एकदमै राम्रा प्रतीभाहरु आउनुभयो । उत्कृष्ट १५ जनाको प्रतीभालाई हामीले कान्तिपुर टेलिभिजनमार्फत जनमानसमा पुर्‍यार्यौँ पनि । यद्यपि, हाम्रो मूल उद्देश्य त प्रतीभाको खोजी नै थियो । उक्त संस्करणमा यति राम्रा राम्रा प्रतिभाहरु हामीले पायौं की यसैले पनि दोस्रो संस्करण शुरु गर्न प्रेरित गर्‍यो ।

सबैभन्दा मूख्य कुरा प्रतिभाहरुको प्रस्फुुटनको माध्यम आवश्यक हो, हामी त्यो माध्यम बनेका हौँ ।

प्रतिभा चिनिइसकेपछि त्यसले सम्मान पनि पाउँछ । बन्दाबन्दीका कारण पहिलो संस्करणका विजेतालाई नै पनि हामीले सम्मान गर्न पाएका छैनौँ । अवस्था सामान्य हुनेवित्तिकै हामी पहिलो संस्करणसहित दोस्रो संस्करणबाट आउने विजेतालाई पनि नगदसहित अवार्ड प्रदान गरेर सम्मान गर्नेछौँ ।

दोस्रो संस्करणको विजेताका लागि पुरस्कार राशी के छ ? 

हामीले यो दोस्रो संस्करणमा पहिलो विजेताका लागि गीत रेकर्ड र म्युजिक भिडियो निर्माण सहित ५० हजार नगद पुरस्कार राखेका छौँ । दोस्रो हुने प्रतियोगीका लागि गीत रेकर्ड सहित ५० हजार नगद र तेस्रो हुनेका लागि २५ हजारले सम्मान गर्नेछौं ।

प्रतियोगितामा कसरी सहभागी हुन सकिन्छ ? 

संसारभरी छरिएर रहेका जोकोही पनि यस कार्यक्रममा सहभागी हुनसक्नुहुनेछ । नेपाल लगायत विश्वभरिबाट नै सहभागी हुन पाउनेहरुले आफूलाई मन पर्ने नेपाली गीतको म्यूजिक ट्रयाकसहित रेकर्ड गरेर ९८०१०२३५७६ ह्वाट्सएप नम्बरमा अपलोड गर्नु पर्नेछ । साथमा आफ्नो पुरा नामठेगानागीतको बोल,गीतकार,संगीतकार,ओरिजिनल गायक-गायिका र आफ्नो फोन नम्बर समेत लेखी पठाउनु पर्नेछ ।

प्रतियोगितामा भाग लिन ५ सय रुपैयाँ दस्तुर लाग्ने छ । दस्तुर भुक्तानीका लागि नेपाल बंगलादेश बैंकमा रहेको साधना कला केन्द्रको खाता नम्बर 001042721मा पठाउनु पर्नेछ ।

अन्य मुलुकहरुबाट पठाउँदा भने सेन्चुरी कर्मशियल बैंकमा रहेको साधना कला केन्द्रको डलर खाता नम्बर 0010003825CA SWIFT/BIC कोड नम्बर  CCBNNPKA मा १० डलर पठाउनु पर्नेछ । कार्यक्रम दस्तुर पठाउन डिजिटल अनलाइन पेमेन्ट एप्सहरु : इसेवाप्रभु पे वालेटग्लोबल अनलाइन पे लगायत नेपाल राष्ट्र बैँकबाट स्वीकृत प्राप्त कुनै पनि डिजिटल अनलाइन पेमेन्ट एप्सहरुबाट रजिष्टेशन दस्तुर खातामा ट्रान्सफर गर्न सकिने छ ।

काठमाडौँ उपत्यकाभित्र रहेका प्रतियोगीहरुले केन्द्रको कार्यालय कमलादी मोड पुतलीसडकमा फर्म भरेर दस्तुर बुझाउन सक्नुहुनेछ । अन्य थप जानकारी साधना कला केन्द्रको अफिसियल फेसबुक पेज मार्फत समेत लिन सक्नुहुनेछ ।

कहिलेसम्ममा सहभागी हुन सकिन्छ ?

दोस्रो संस्करणको सहभागिता खुला भइसकेको छ ।

असोज १५ गतेभित्र सहभागी हुन इच्छुकहरुले आफ्नो भिडियो हामीहरुलाई पठाइसक्नुपर्नेछ ।

सो अवधिभित्र हामीलाई प्राप्त भिडियोका आधारमा हामी छनोटको प्रक्रिया अघि बढाउँछौँ ।

छनोट प्रक्रिया कसरी अघि बढ्छ ?

प्रत्येक सहभागीहरु सबैसमक्ष पुग्नुहोस् भनेर हामीलाई प्राप्त भिडियोहरु हामी साधना कला केन्द्रको फेसबुक पेजमा राख्छौँ ।

संगीत विशेषज्ञहरु डा. कृष्णहरि बरालकिशोर गुरुङदीप तुलाधर जस्ता दिग्गजहरुको निर्णयबाट ती भिडियोहरु मध्येबाट उत्कृष्ट १०० प्रतिभाको छनोटको काम हुन्छ ।

उत्कृष्ट १०० लाई हामी राष्ट्रिय टेलिभिजनमा लान्छौँ, उहाँहरुले फेरि गीत गाएर पठाउनुपर्छ । त्यसबाट उत्कृष्ट १० को छनोट हुन्छ । त्यतिवेला सम्म ट्र्याकमा भिडियो पठाउनुपर्ने भएपनि उत्कृष्ट १० ले भने त्यसपछि बिना ट्र्याकमा भिडियो रेकर्ड गरेर पठाउनुपर्नेछ । ट्र्याक र भिडियो छुट्टाछुट्टै पठाउनुपर्ने हुन्छ, हामी त्यसलाई पछि मिक्सिङ गर्छौं । उत्कृष्ट १० बाट ५० प्रतिशत भोटिङ र ५० प्रतिशत निर्णायकहरुको मूल्यांकनबाट पहिलो, दोस्रो र तेस्रो गरेर उत्कृष्ट तीन प्रतीभाको छनोट हुन्छ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

हरेक मानिससँग प्रतिभा हुन्छ । आफूसँग भएको क्षमता प्रस्फुटन नभएर कतिपय प्रतिभाहरु हराएर गईरहेको अवस्था छ । प्लेटफर्मको अभावका कारण पनि त्यस्ता प्रतिभाहरु चिनिन नसकेका हुन्छन् । गायन क्षेत्रमा भएका प्रतिभाहरुका लागि साधना अनलाईन ट्यालेन्ट हन्ट सबैभन्दा उत्तम प्लेटफर्म हो । घरबाटै मोबाइलमा गीत रेकर्ड गरेर पठाउन सक्नुहुनेछ । हामी तपाईहरु भित्रको प्रतिभालाई देश बिदेश सम्म पूर्याउने माध्यम बनिरहेका छौं । यो सजिलो प्लेटफर्ममार्फत आफ्नो प्रतिभासहित सहभागी हुन सबैलाई आह्वान गर्न चाहन्छु ।

भिडियो :