काठमाडौँ – सरकारले काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो गरेसँगैँ बिहीवारदेखि टुटल पठओ जस्ता दुई पांग्रे राइड शेयरिङ सञ्चालनमा आएका छन् । सरकारले जोर–विजोरमा निजी सवारी खुला गरेसँगै सोहीअनुसार सेवा सञ्चालनमा आएको कम्पनीले बताएका छन् ।


ADVERTISEMENT


सुरक्षा मापदण्ड अपनाएर आजदेखि सेवा सञ्चालन गरिएको टुटलका कार्यकारी निर्देशक शिक्षित भट्टले बताए । उनकाअनुसार चालकले सुरक्षाका समाग्री अनिवार्य प्रयोग गरेर सेवा सञ्चालनमा आएको हो । यस्तै पठाओले पनि आफ्ना चालकालाई पीपीई, मास्क, पञ्जा वितरण गरेर सेवा सञ्चालनमा ल्याएको पठाओकी मार्केटिङ म्यानेजर सुरक्षा हमालले बताइन् ।


ADVERTISEMENT

# # #