काठमाडौँ – वरिष्ठ गायक फत्तेमान राजभण्डारीको स्मृतिमा ‘फत्तेमान स्मृति प्रतिष्ठान’ स्थापना भएको छ । उनको ७औँ पुण्य तिथीका दिन प्रतिष्ठान स्थापना गरिएको हो । फत्तेमानको वि.सं २०७० साल भाद्र २४ गते ७८ वर्षको उमेरमा निधन भएको थियो ।


ADVERTISEMENT


प्रतिष्ठानको संरक्षकमा पत्तेमानकी धर्मपत्नी जमुना राजभण्डारी र छोराहरु रविन्द्र र जितेन्द्र राजभण्डारी रहेका छन् । प्रतिष्ठानका अध्यक्ष मिलन मोक्तान रहेका छन् भने उपाध्यक्षमा दिप रत्न तुलाधर र महासचिवमा रमेश प्रधान रहेका छन् ।


ADVERTISEMENT

# # #


करिब ६ दशक लामो समयसम्म संगीतको सेवामा समर्पित रहेका फेत्तेमानका ‘मर्न बरु गाह्रो हुन्न’, ‘यस्तो पनि हुँदो रैछ’ ‘वनै खायो डढेलोले’ लगायतका गीतहरु चर्चित छन् ।