भक्तपुर – भक्तपुरस्थित मध्यपुर थिमिमा घरभित्रै एकै परिवारका ३ जनाको शव भेटिएको छ । महानगरीय प्रहरी वित्त प्रमुख ऋषिराम कँडेलकाअनुसार ३६ वर्षीय सुदिप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारी मृत अवस्थामा भेटिएका हुन् ।


ADVERTISEMENT


मृतक सुदिपका भाइ सुनिल अधिकारी घरमा आइपुग्दा घरको दोश्रो तल्लामा कुकुर र सम्झना अधिकारीको शव, तेस्रो तलामा सुशान्त र माथिल्लो तलामा सुदिप अधिकारीको शव भेटिएको थियो । त्यसपछि उनले प्रहरीलाई खबर गरेका थिए । तीनजनाकै मृत्यु शंकास्पद रहेकोमा अनुसन्धान अगाडि बढाइसकेको प्रहरीले बताएको छ ।


ADVERTISEMENT

# # #


‘कहिले भएको र कसले गरेको भन्ने अनुसन्धान अगाडि बढाएका छौँ,’ डीएसपी कँडेलले बताए ।