सत्तारुढ नेकपा पार्टीले चैतमा पार्टी महाधिवेशन गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


साढे २ महीनापछि शुक्रवार सम्पन्न नेकपा स्थायी कमिटी वैठकले चैत २५ देखि ३० गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । महाधिवेशनको तयारीका लागि कात्तिक १५ देखि १७ गतेभित्र केन्द्रित कमिटी वैठक बस्ने जानकारी उनले दिए ।


ADVERTISEMENT

# # #


बैठकमा स्थायी कमिटी सदस्यहरु रघुजी पन्त, लिलामणी पोखरेल, भीम आचार्य, माधव नेपाल, अस्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, देव गुरुङ, धनश्याम भूसाल, मातृका यादव, भीम रावल, अमृत बोहोरा, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले आफ्नो धारणा प्रस्तुत गरेका थिए ।