काठमाडौं – ग्राहक सेवा, डिजिटल नवप्रवर्तन तथा जोखिम व्यवस्थापनमा उत्कृष्ट कार्यको आधारमा माछापुच्छ्रे बैंकले दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कार प्राप्त गरेको छ ।

बैंकलेInfosys Finacle Innovation Awards 2026  अन्तर्गत ‘Maximizing Customer Engagement’  विधामा Platinum Award प्राप्त गरेको छ । बैकले ग्राहकको खाता खोल्ने प्रकृया लगायत बैंकिङ सेवामा जोडिने प्रक्रियालाई अझ सरल, सहज र प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरेको  Reinventing Customer Onboarding  मा गरेको पहलकदमीको लागि उक्त सम्मान प्राप्त गरेको हो ।

Infosys Finacle Innovation Awards बैंक तथा वित्तीय संस्थाले प्रविधि, नवप्रवर्तन र ग्राहक केन्द्रित सेवाका क्षेत्रमा गरेका उत्कृष्ट कार्यहरुलाई सम्मान गर्दै आएको छ । सन् २०२६ को संस्करणमा विश्वभरबाट ९ विधामा ५०० भन्दा बढी आवेदनहरु मध्येबाट पुरस्कारहरु छनौट गरिएका हुन् ।

उक्त सम्मानले बैंकले डिजिटल रूपान्तरण र ग्राहक सम्बन्ध सुधारलाई प्राथमिकताक्रममा राखेका प्रतिबिम्बित भएको छ । बैंकले ग्राहकलाई सरल, सहज, छिटो र सुरक्षित बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले डिजिटल प्रविधिको प्रयोगलाई निरन्तर विस्तार गर्दै आएको छ ।

यसैगरी, बैंकले अन्तर्राष्ट्रिय सम्मान स्वरूप  Best Performance on Risk Management   नाममा अर्को पुरस्कार प्राप्त गरेको छ Indian Chamber of Commerce द्वारा नयाँ दिल्लीमा आयोजितFourth Emerging Asia Banking Conclave and Awards 2026 मा बैंकलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

यो पुरस्कार बैंकले कर्जा जोखिम, सञ्चालन जोखिम, बजार जोखिम तथा तरलता जोखिम व्यवस्थापनका क्षेत्रमा गरेको प्रयासको सम्मानस्वरूप प्रदान गरिएको हो । यस सम्मानबाट बैंकले सुरक्षित, जिम्मेवार र सावधानीपूर्ण बैंकिङ अभ्यासलाई प्राथमिकता दिएको देखाएको छ ।

यी दुई अन्तर्राष्ट्रिय सम्मानसँगै बैंकले पछिल्ला वर्षहरूमा विभिन्न प्रतिष्ठित पुरस्कार प्राप्त गर्दै आएको छ । बैंकले Visa Leadership Conclave Award 2023 / 2024, Infosys Finacle Innovation Award 2023  र 2025, तथा Rising Star in Asset Quality Award 2025 लगायत विगत वर्षहरुमा विभिन्न सम्मान तथा पुरस्कार प्राप्त गरिसकेको छ ।