झापा – झापा मेचीनगरमा प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित २ जना पक्राउ परेका छन् । नियन्त्रण ब्युरो काँकडभिट्टाले ८।५ ग्राम ब्राउनसुगरसहित २ जना मानिस नियन्त्रणमा ईलाम रोडबाट दुई जनालाई पक्राउ गरेको हो ।


ADVERTISEMENT


पक्राउ पर्नेमा स्थानीय १८ वर्षीय बिशाल लिम्बु र २३ वर्षीय राजन श्रेष्ठ रहेका छन् । उनीहरुले चलाइरहेको मे ४ प ७७२६ नं.को मोटरसाईकल चेकजाँच गर्ने क्रममा निजहरुको साथबाट ब्राउन सुगर जस्तो देखिने मिसाईलो पदार्थ ८।५ ग्राम बराबद गरी निजहरु दुबैलाई मोटरसाइकलसहित सहित नियन्त्रणमा लिई इप्रका धुलाबारीमा ल्याइएको छ । यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी राकेश थापाले बताए ।


ADVERTISEMENT

# # #