सिन्धुपाल्चोक – लगातारको वर्षाले जिल्लाको बाह्रविसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा गए राति खसेको पहिरोमा पुरिएकी थप एक महिलाको शव फेला परेको छ ।


ADVERTISEMENT


नागपुजेमा एक जनाको शव भेटिएको आफूले सूचना पाएको बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले बताए । “ठूलै मानवीय क्षति भएको हुनसक्ने खबर सुनेर घटनास्थलतर्फ जाँदैछु”, उनले भने ।


ADVERTISEMENT

# # #


जिल्लाको बाह्रविसे नगरपालिका वडा नं ७ घुम्थाङको नागपुजेमा गएराती वगेको भेल – पहिरोले कम्तिमा ९ घर र भीरखर्कमा कम्तिमा १० घर पुरिएको उनले बताए । हाल सम्म ४ वटा शव निकालिएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए । भीरखर्कमा पुरिएका घर र बेपत्ता मानिसबारे उद्धररकर्ताहरुद्वारा जानकारी लिने काम भइरहेको छ । उद्वारक टोलीहरु पुगिसकेको जानकारी ढकालले दिए ।

इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले नागपुजेमा सात घरका १७ जना बेपत्ताको सूची निकालिएको जानकारी दिए । नागपुजेमा कम्तीमा आठ घर र भीरखर्कमा कम्तीमा १० घर पुरिएका छन् ।