काठमाडौँ – नेपालमा कोरोना संक्रमण मुक्त हुने जिल्लाको संख्या ६ पुगेको छ । यी बाहेक कूल ७७ मध्ये ७१ जिल्लामा हाल कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रदेश नं. १ को सोलुखुम्बु, गण्डकी प्रदेशको मनाङ, मुस्ताङ, म्याग्दी र कर्णाली प्रदेशका मुगु, डोल्पा र हुम्लाका कुनैपनि व्यक्तिमा अहिले कोरोना संक्रमण छैन ।


ADVERTISEMENT

# # #


यस्तै ८ वटा जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । जसमध्ये मोरङ, सुनसरी, सर्लाही, काठमाडौँ, ललितपुर, चितवन, भक्तपुर र रुपन्देही रहेका छन् ।

हाल १६९ जना संक्रमित आइसीयूमा उपचाररत छन् भने २३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । गत २४ घण्टामा थप १ हजार १७३ जना कोरोना जितेर घर फर्किएका छन् । यससँगै कारोना निको हुनेको संख्या २४ हजार २०७ पुगेको हो ।

यस्तै गत २४ घण्टामा १ हजार ३९ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै कूल संक्रमितको संख्या ५४ हजार १ सय ५९ पुगेको छ ।