काठमाडौँ – भारतले नेपाललाई कोरोना भाइरस (कोभिड–१९)विरुद्ध लड्न दुई हजार थान भाइल रेमडेसिभिर औषधी उपहारस्वरुप प्रदान गरेको छ ।


ADVERTISEMENT


मंगलबार नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई उक्त औषधि हस्तान्तरण गरेका हुन् । भारतले यसअघि वैशाख १० गते प्यारासिटामोल, हाइड्रोक्लोरोक्विन लगायतका अत्यावश्यक औषधी, जेष्ठ ४ गते कोभिड–१९ टेष्ट कीट (आरटी–पीसीआर) र श्रावण २५ गते आइसीयू भेन्टिलेटर जस्ता स्वास्थ्य सामग्री भारतले नेपाललाई सहयोग स्वरुप प्रदान गरिसकेको छ ।


ADVERTISEMENT

# # #


निकटतम मित्र तथा छिमेकीको हैसियतले कोरोना विरुद्धको लडाईंमा भारत नेपाल सरकार र नेपालीको साथमा रहेको भारतीय दूतावासले जनाएको छ ।

अक्सिजन थेरापीमा रहेका मध्यमदेखि गम्भीर प्रकृतिका बिरामीहरुको उपचारमा प्रयोग गरिने रेमडेसिभिर एक प्रभावकारी औषधी हो । चिकित्सा अध्ययनका अनुसार यो औषधीको प्रयोगले बिरामीहरुको अस्पताल बसाई अवधि र रोगबाट निको हुने समयलाई कम गर्न उल्लेखनीय रुपमा सघाउ पुर्‍याउँछ ।