काठमाडौँ – नेपालका लागि पाकिस्तानी राजदूत मजहर जावेदले सभामुख अग्निप्रसाद सापकोटासँग आज विदाई भेट गरेका छन् । चार वर्षे कार्यकाल सकेर स्वदेश फर्कन लागेका राजदूत जावेदले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेटघाट गरेका हुन् ।


ADVERTISEMENT


भेटमा सभामुख सापकोटाले नेपाल र पाकिस्तानबीच ६० वर्ष लामो मैत्रिपूर्ण सम्बन्ध रहेको र दुई देशबीचको सम्बन्धमा समस्या नरहेको चर्चा गरे। उनले मानव जातिलाई परेको कोरोना संकट पार गर्न सबै मिलेर लड्नुको विकल्प नभएकोमा जोड दिंदै पाकिस्तानले कोरोना नियन्त्रणका लागि गरेको प्रयासको प्रशंसा गरे ।


ADVERTISEMENT

# # #


सभामुख सापकोटाले कोरोनाको अन्त्यपछि दुई देशका संसदबीचको सहकार्य र थाती रहेका अन्य विषयहरु अघि बढ्ने विश्वास व्यक्त गरे ।

राजदूत जावेदले नेपाल बसाइका क्रममा संघीय संसदबाट भएको सहयोगप्रति आभार प्रकट गरे । उनले कोरोनाका कारण सात महिना यता दुई देशका संसदबीचको नियमित काम समेत हुन नसकेको चर्चा गर्दै कोरोनाको अन्त्यपछि सम्बन्ध विस्तृत र व्यापक हुने विश्वास व्यक्त गरे ।