काठमाडौँ – कोभिड–१९को लकडाउनका कारण बन्द भएका आन्तरिक हवाई उडान असोज १ गतेदेखि नै खुल्ने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।


ADVERTISEMENT


मंगलबार मन्त्रिपरिषद्का निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उक्त जानकारी जानकारी दिएका हुन् । यद्दपी सेवा सञ्चालन गर्दा तोकिएका मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्नेछ ।


ADVERTISEMENT

# # #


यसका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक मापदण्ड बनाउने उनले बताए । यसको अनुगमन नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्नेछ ।

यात्रु ५० प्रतिशत मात्रै राख्न पाइने

हवाई सेवा सञ्चालन गर्दा सिट क्षमताको ५० प्रतिशत यात्रु मात्रै राख्न पाइने भएको छ । भौतिक दूरि कायम हुने गरी एक सिटको एक लहरमा सिटमा एक जना यात्रु मात्रै राख्न पाइने प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

यो अवधिका लागि भाडासम्बन्धि व्यवस्था संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तोक्नेछ ।