काठमाडौँ – नेपाल विद्युत प्राधिकरणको  कार्यकारी निर्देशकका रुपमा चार वर्षे कार्यकाल सकिएसँगै कुलमान घिसिङ मंगलबार विदा भए ।


ADVERTISEMENT


उनलाई अर्को कार्यकालका लागि पनि सरकारले नियुक्त गर्ने अपेक्षा राखिएको थियो । तर, सरकारले त्यस्तो निर्णय गरेन । बरु उर्जा मन्त्रालयले लेखनाथ कोइरालालाई प्राधिकरणको निमित्त कार्यकारी निर्देशक बनायो ।


ADVERTISEMENT

# # #


कुलमान प्राधिकरणबाट विदा भएसँगै सामाजिक सञ्जालमा सरकारको आलोचना भइरहेको छ । केही कुलमानको पुनर्नियुक्ति हुनुपर्ने माग गर्दै सडकमा समेत उत्रिएका छन् । सेलिब्रेटीदेखि सर्वसाधारणले कुलमान नदोहोरिएको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका छन् । त्यही धारमा प्रसिद्ध गायक अमृत गुरुङपनि आइपुगेका छन् ।

बुधबार एक ट्वीट गर्दै गायक गुरुङले ‘कुलमानको विदाइ’ समाचारले खिन्न भएको बताएका छन् । व्यक्तिगत रुपमा कुलमानलाई नचिने पनि उनको कामलाई चिनेको भन्दै गायक गुरुङले राम्रो गर्नेलाई राम्रो भन्दा ईर्ष्याको शिकार हुने परिपाटी शुरू हुनु दुःख रहेको बताएका छन् ।

उनले लेखेका छन्, ‘अस्ति ‘कुलमान फेरी नियुक्त हुने’ समाचारले खुशी भएको थिएँ, अहिले ‘कुलमानको विदाइ’ समाचारले खिन्न भएँ। म उनलाई चिन्दिन, मैले उनको काम चिनेको हुँ। राम्रो गर्नेलाई राम्रो भन्दा ईर्ष्याको शिकार हुने परिपाटी शुरू भएको हो भने, अब त्यो पनि भन्न भएन। यो स्वतन्त्रता छिनेकोमा धन्यवाद सरकार ।’