धादिङ – अरिङ्गाल पोल्न जाँदा रुखको हाँगा भाँचिएर लड्दा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।


ADVERTISEMENT


त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ४ मा अरिङ्गाल पोल्न जाँदा रुखको हाँगा भाँचिएर लड्दा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ३५ वर्षीय अर्जुनबहादुर थापामगर रहेका छन् भने घाइते हुनेमा २४ वर्षीय राजवीर गुरुङ छन् ।


ADVERTISEMENT

# # #


रुखबाट लड्दा टाउकामा चोट लागि गम्भीर घाइते भएका मगर र गुरुङलाई उपचारका लागि धादिङ अस्पताल ल्याउँदै गर्दा मगरको बाटोमै मृत्यु भएको र गुरुङलाई धादिङ अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।