काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादउन्मुख संविधानको रक्षा गर्दै अगाडी बढ्नुपर्ने बताएका छन् । संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले समाजवादउन्मुख संविधानको रक्षा गर्दै अगाडि बढ्न सबैलाई आह्वान गरेका छन्।


ADVERTISEMENT


‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा राष्ट्रिय संकल्प हासिल गर्न संविधान दिवसले प्रेरणा दिने बताउँदै उनले सरकार समाजवादउन्मुख बाटोमा अघि बढेको बताए । ‘मुलुक विकास निर्माण, अग्रगति, प्रगति र समृद्धिको दिशातर्फ अघि बढेको छ र हामीहरु समाजवादतिर अघि बढ्न कृतसंकल्पित छौँ’, शुभकामना सन्देशमा भनिएको छ, ‘यी सबै संविधान निर्माणपश्चात् हामीले गरेका असाधारण उपलब्धिहरु हुन् ।’


ADVERTISEMENT

# # #


समावेशी ढंगको निर्वाचन प्रणालीमार्फत केन्द्रीय, प्रदेश र स्थानीय तहहरुको निर्वाचन गरी सरकार गठन गरेर देशमा राजनैतीक स्थिरता कायम भएको उल्लेख उनले गरेका छन् ।