कन्चनपुर – यातायात व्यवसायी प्रकाश पन्त लकडाउनका समयमा बस सेवा ठप्प हुँदा गुजारा चलाउन नै समस्या आएको गुनासो गर्छन् ।


ADVERTISEMENT


उनी सरकारले पछिल्लो समय बन्दाबन्दीमा खुकुलो गरेर सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिए पनि आफूहरु निराश नै देखिएको बताउँछन् । “बस त चले तर यात्रुहरु चढ्न अप्ठ्यारो मान्दछन् । निर्वाध रुपमा यात्रा गर्ने वातावरण मिलेको छैन् ।” उनी भन्छन्, “सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु हालेर सेवा दिँदा गाडीको किस्ता तिर्न नसक्ने अववस्था छ ।”


ADVERTISEMENT

# # #


उनी भाडामा डेढ गुना वृृद्धि गरेर यातायात सञ्चालन गर्न भने पनि आफूहरु मारमै रहेको र बैंकको किस्ता तिर्न समस्या परेको बताउँछन् । उनले भन्छन्,,“यस्तै अवस्था रहे व्यवयासीले पलायन हुनुपर्ने अवस्था छ । कोरोना कहरमा यातायात व्यवसायी नराम्ररी प्रभावित भएका छन् ।” यहाँबाट चल्ने लामो मात्रै नभई छोटो दूरीका सवारीधनी पनि यात्रु नआउँदा मारमा परेका छन् । “छ महिना लामो लकडाउन खुलेपनि सवारी साधनमा चढ्ने मानिसको चहलपहल नहुँदा लगानी डुब्ने चिन्ता छ ।” व्यवसायी करनसिंह साउदले भन्छन्, “यात्रु नै नपाएपछि चलाएर पनि केही सहज होला जस्तो छैन ।”

यातायात क्षेत्र सञ्चालनमा आएपछि खुशी भएका बसका चालक र सहचालक पनि यात्रु नपाउँदा भने निराश छन् । यस्तै लामो समय बन्द रहेको यातायात क्षेत्र सञ्चालनमा आएपछि अन्य क्षेत्र पनि सञ्चालनमा ल्याउनुपर्ने यातायात उनीहरुको माग छ । “सबै क्षेत्र सञ्चालनमा आएपछि मात्रै यातायात सञ्चालन गरेको औचित्य पूरा हुने देखिन्छ ।” व्यवसायी साउद भन्छन्, “अहिले त सडकमा घाटामा गाडी गुडाउनुपरेको छ ।”

उनी यातायात व्यवसायीलाई बैंकको ब्याज मिनाह गरेर सहयोग गर्न सरकारसित आग्रह गर्छन् । त्यसैगरी अर्का यातायात व्यवसायी जनकराज भट्टले सञ्चालन भएको यातायातलाई पनि थप व्यवस्थित गर्न माग गर्छन् । “यातायात नचल्दा यसक्षेत्रका मजदुरहरु पनि मारमा परे ।” उनी भन्छन्, “विपन्न र गरिबलाई स्थानीय सरकारले राहत दिएपनि यातायात मजदुर कसैको नजरमा परेनन् ।” रासस