काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष बामदेव गौतमविरुद्धको रिटको आज सुनुवाइ हुँदैछ ।


ADVERTISEMENT


प्रतिनिधिसभा सदस्य निर्वाचन हारेकाले गौतम सांसद र मन्त्री बन्न योग्य नरहेको दाबीसहित दायर रिट प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको पूर्ण इजलाशमा सुनुवाइ हुन लागेको हो ।


ADVERTISEMENT

# # #


गौतमलाई राष्ट्रपतिद्वारा राष्ट्रिय सभा सदस्यमा मनोनित गरिएपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अशोज ४ मा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, राष्ट्रिय सभा, नेकपा केन्द्रीय कार्यालय र गौतमलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

गौतमले राष्ट्रपतिबाट पद तथा गोपनियताको सपथ लिइसकेका छन् ।