काठमाडौँ – प्रभ बैँक लिमिटेडले बाढी पहिरोले क्षतिग्रस्त बाग्लुङको ढोरपाटन नगरपालिकालाई आर्थिक सहयोग गरेको छ ।


ADVERTISEMENT


बिहीबार आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले नगरपालिकालाई बाढीपिडित उद्वार कोषमा रहने गरी ५ लाख रुपैयाँ प्रदान गरेका हुन् । यसअघि बाढी पहिरोले क्षतिग्रस्त ढोरपाटन नगरपालिकाको वडा नं.७, ८ र ९ को गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरु¨ र भौतिक योजना मन्त्री राम शरण बस्नेतले विशेष निरीक्षण समेत गरेका थिए ।


ADVERTISEMENT

# # #


उनीहरुले बाढी प्रभावित बोबाङ्ग वडा अन्तर्गतका स्थानियहरु संग प्रत्यक्ष भेटघाट समेत गरेका थिए । करिब ३७ जनाले ज्यान गुमाएको, विद्यालय, स्वास्थ्य चौकी, लघु जल विद्युत, पुल र १०० वटा जति घर उक्त घटनाको कारण ध्वस्त भएका छन ।