काठमाडौँ – नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


स्वास्थ्यमा सामान्य समस्या आएपछि परीक्षण गराउँदा बिहीबार पोजेटिभ रिपोट आएको कार्यकारी निर्देशक पौडेलले जानकारी दिए । संक्रमण पुष्टि भएपनि स्वास्थ्य अवस्था भने सामान्य रहेको उनले बताए ।


ADVERTISEMENT

# # #


निगमले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी कार्यकारी निर्देशक पौडेलसँग एक हप्तामा सम्पर्कमा आएकालाई संयम अपनाउन आग्रह गरेको छ ।