काठमाडौँ – यातायात व्यवस्था विभागले असोज अन्तिम सातादेखि बसको अग्रिम टिकट खोल्ने बताएको छ । अग्रिम टिकटका लागि व्यवसायीसँग छलफल अघि बढाएको विभागले बताएको छ ।


ADVERTISEMENT


शुक्रवार व्यवसायी र विभागबीच भएको छलफलमा असोज अन्तिम सातादेखि बसको अग्रिम टिकट खुलाउने छलफल भएको विभागका प्रवक्ता डा. लोकनाथ भुषालले बताए । यसका लागि विभागले यातायात व्यवसायीसँग छलफल सुरु गरेको छ।


ADVERTISEMENT

# # #


आइतवार व्यवसायीसँग पुनः यही विषयमा छलफल रहेको बताउँदै उनले भोलि नै अग्रिम टिकटको मिति तय गरिने जानकारी दिए ।
प्रत्येक वर्ष दशैँमा राजधानी काठमाडौँबाट २० लाख बढी यात्रु बाहिरिने गर्दथे । सोही कारण हरेक वर्ष विभागले अग्रिम टिकट खुलाउने गरेको थियो ।

तर यो वर्ष कोरोना महामारीका कारण अधिकांश मानिस काठमाडौँबाट बाहिरिएकाले व्यवसायीहरुले उत्साहजनक रुपमा यात्रु पाएका छैनन् । जसकारण आवश्यक परे मात्र अग्रिम टिकट खुलाउने नत्र अग्रिम टिकटको आवश्यकता नदेखिएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताए ।