काठमाडौँ – भारतीय राजदूतावास, काठमाडौंले नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल फ्रान्चाइज डट कमसँगको सहकार्यमा नेपाल भारत लगानी सम्मेलन आयोजना गर्ने भएको छ । अशोज ३० गतेदेखि कात्तिक २ गतेसम्म काठमाडौँमा हुने उक्त सम्मेलन नेपाल भारत वाणिज्य एक्सपोको दोस्रो संस्करण हो ।


ADVERTISEMENT


यसै कार्यक्रमका लागि विशेष रुपले तयार पारिएको थ्रीडी टेक्नोलोजी सहितको भर्चुअल प्लेटफर्म मार्फत सम्मेलनको आयोजना गरिदैछ । भारत र नेपालको अर्थ बजारमा तीव्र रुपले स्टार्टअप व्यापार व्यवसाय बढिरहेको छ । यस सम्मेलनमार्फत नयाँ उद्यमीहरुले आफ्नो व्यापार व्यवसायलाई व्यवसायका लागि प्रेरित गर्ने र कार्यक्रमबाट दुबै देशका ब्राण्ड तथा फ्रान्चाइजहरुले प्रचुर मात्रामा लाभ उठाउन सक्ने आयोजकले बताएको छ।


ADVERTISEMENT

# # #


साथै यस्ता कार्यक्रमले नव उद्यमीहरुलाई घरेलु अर्थतन्त्रमा सफलता हासिल गरेका ब्राण्डहरुसँग मिलेर कसरी आफ्नो ब्राण्डलाई अगाडि ल्याउनेबारे बुझ्न मद्दत गर्दछ । यस पटकको दोस्रो संस्करणको सम्मेलनले भारतका प्रतिष्ठित ब्राण्डलाई नेपालमा ल्याउन र नेपालका ब्राण्डलाई भारतमा पुर्याउन मद्दत गर्ने भारतीय राजदूताबासले जनाएको छ । दूतावासकाअनुसार एक अर्काको अर्थतन्त्रमा यस्ता ब्राण्डहरुको प्रवेशले लगानी भित्राउने मात्र नभई प्रविधि तथा व्यवहारिक ज्ञानको आदानप्रदानलाई समेत प्रेरित गर्नेछ ।

यसअघि २०१९ मा यस कार्यक्रमले राम्रो प्रतिक्रिया पाएको थियो । सम्मेलनमा भारतका ७० तथा नेपालका २० वटा अग्रणी ब्राण्डहरुको सहभागीता थियो । नेपालका दुई हजार भन्दा बढी उद्यमीहरुको सहभागीता रहेको उक्त सम्मेलनले यी ब्राण्डहरुसँग सहकार्य तथा व्यापार विस्तार गर्ने अवसर प्रदान गरेको थियो । सो सम्मेलनमा ५० भन्दा धेरै व्यापार साझेदारी सहकार्य सम्पन्न भएको थियो ।