दुधौली । प्रहरीहरु आचारसंहितामा बाँधिदा कस्तो होला ?


ADVERTISEMENT


बाग्मती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीमा आज एसएसपी सन्दिप भण्डारीले भने ‘प्रहरीहरुको उच्चतम दक्षताबाट देशको सुरक्षा हुन्छ अनि सिँगो प्रहरी संगठनको गरिमा उच्च हुन्छ ।’

प्रहरी महानिरिक्षक शैलेश थापाद्धारा सर्कुलर भएको आचार संहिता कार्यादेशलाई कार्यान्वयनमा ल्याउने क्रममा एसएसपी सन्दिप भण्डारीले आईतबार मातहतका प्रहरी कर्मचारीहरुलाई आँफु अनुशासनमा बाँधिएर देश र जनता प्रति बफादार हुँदै संगठनको बिश्वास अटल राख्न निर्देशन दिएका हुन् ।


ADVERTISEMENT

# # #


”कर्तव्यको पालना, अनुशासन, नैतिकता, शिष्टता, इमान्दारिता, सदाचार, लैङ्गिक समानता, नागरिक मैत्री, भ्रष्टचारमा शून्य सहनशिलता, पीडित मैत्री व्यवहार नै प्रहरीका मूल मन्त्रहरु हुन्” एसएसपी भण्डारीले भने ”हामी सबै यि आचारसंहितालाई आत्मसाथ गर्दै सेवामा ईमान्दार भएर कर्तब्यनिष्ठ बनौं ।”

उनले प्रहरी कर्मचारीहरु सेवामा ईमान्दार भएर नागरिकको सुरक्षार्थ खटिँदै लामो ईतिहाँस बोकेको प्रहरी संगठनको गरिमालाई सँधै उच्च राख्ने भूमिकामा खरो उत्रने बिश्वास समेत ब्यक्त गरे ।