काठमाडौँ – अभिनेता प्रदीप खडका र अभिनेतृ कृष्टिना गुरुङ्गप्रभु बैंक लिमिटेडको ब्रान्ड एम्बेस्डर बनेका छन् । बैँकले उनीहरुलाई एक वर्षका लागि ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको हो ।


ADVERTISEMENT


प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा कलाकारद्धय प्रदीप खड्का र कृष्टिना गुरुङ्गलाई बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्ती गर्ने सम्बन्धी एक सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।


ADVERTISEMENT

# # #


उक्त हस्ताक्षर कार्यक्रममा कलाकारद्धय खड्का र गुरुङ्ग अभिनित प्रभु बैंकको विज्ञापन सार्वजनिक गरिएको थियो । नेपाली सिनेमा जगतका ख्यातिप्राप्त कलाकारद्धय प्रदिप खडका र कृष्टिना गुरुङ्ग प्रभु बैंकको ब्राण्ड एम्बास्डर नियुक्त भएपपछि सर्वसाधारणमा प्रभु बैंक प्रतिको विश्वसनीयतामा बृद्धि हुने प्रभु बैंकले विश्वास लिएको छ ।