काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ३ सय ४० जना कोरोना भाइरस (कोभिड–१९) संक्रमण पछि निको भएका छन् । यस्तै १ हजार ५ सय ५१ जनामा संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ९० हजार ८ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३९ वटा प्रयोगशालामा ११ हजार ४७ वटा पीसीआर टेस्ट भएको छ । हालसम्म १० लाख ९९ हजार २ सय ७६ पीसीआर परीक्षण गरिएको छ ।

हाल क्वारेन्टिनमा ४ हजार २ सय २१ जना रहेका छन् भने २२ हजार ७ सय ९ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् । १३ हजार ५ सय ९१ जना होम आइशोलेसनमा रहेका छन् भने ९ हजार १ सय १८ जना संस्थागत आइशोलेसनमा छन् ।

हालसम्म निको हुनेको संख्या ६७ हजार ५ सय ४२ जना निको भएको प्रवक्ता डा.गौतमले जनाएका छन् । यो कुल संक्रमितको ७४.३ प्रतिशत हो ।

कुल संक्रमित मध्ये ५६३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९ जना संक्रमितको मत्यु भएको छ ।