काडमाडौँ – वरिष्ठ कलाकार हरिवंश आचार्यलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सामान्य लक्षण देखिएपछि सोमबार पीसीआर परीक्षणका लागि स्वाब दिएका उनको आज पोजेटिभ देखिएको हो ।


ADVERTISEMENT


सामाजिक सञ्जाल फेसबुकमार्फत हरिवंशले आफूसँगै श्रीमती रमिला आचार्यलाई पनि कोरोना देखिएको जानकारी दिएका छन् । उनका अनुसार दुबैजनाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ ।


ADVERTISEMENT

# # #


आफ्नो सम्पर्कमा आएकाहरुले होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउन उनले अनुरोध गरेका छन् ।

‘सामान्य लक्षण देखिएकोले हिंजो मेरो र मेरो श्रीमती रमिलाको पीसीआर परीक्षण गरेका थियौँ । हामी दुवै जनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो । हाम्रो स्वास्थ्य अवस्था सामान्य छ । हामीसंग सम्पर्कमा रहनुभएका सम्पूर्ण महानुभावहरुले होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउनुहोला ।’ फेसबुकमा उनले भनेका छन्, ‘यहाँहरुको माया, आशिर्वाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्ने छौं । कोरोना संक्रमण व्यापक रुपमा फैलिएको हुँदा यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा अबलम्बन गर्नुहुन अनुरोध गर्दछौं ।’

सामान्य लक्षण देखिएकोले हिंजो मेरो र मेरो श्रीमती रमिलाको PCR Test गरेका थियौं | हामी दुवै जनाको कोरोना संक्रमण पुष्टि…

Posted by Hari Bansha Acharya on Tuesday, October 6, 2020