काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ६ सय ७५ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमण पछि निको भएका छन् । यस्तै ४ हजार ३ सय ६४ जनामा संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ९८ हजार ६ सय १७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३९ वटा प्रयोगशालामा १८ हजार ४ सय ७३वटा पीसीआर टेस्ट भएको छ । हालसम्म ११ लाख ३१ हजार ९ सय ५८ पीसीआर परीक्षण गरिएको छ ।

हाल क्वारेन्टिनमा ४ हजार ४ सय ६४० जना रहेका छन् भने २६ हजार ६ सय ८४ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् । १४ हजार ९ सय ६७ जना होम आइशोलेसनमा रहेका छन् भने ११ हजार ७ सय १७ जना संस्थागत आइशोलेसनमा छन् ।

हालसम्म निको हुनेको संख्या ७१ हजार ३ सय ४३ जना निको भएको प्रवक्ता डा. गौतमले जनाएका छन् । यो कुल संक्रमितको ७२.३ प्रतिशत हो ।

कुल संक्रमित मध्ये ५९० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १२ जना संक्रमितको मत्यु भएको छ ।