एजेन्सी – सन् २०२० को नोवेल शान्ति पुरस्कार संयुक्त राष्ट्र संघ अन्तर्गतको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले जितेको छ । शुक्रबार उक्त घोषणा गरिएको हो ।


ADVERTISEMENT


विश्वमा भोकमरीलाई न्यूनीकरण गर्न र द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनाका लागि भूमिका खेलेको भन्दै डब्ल्यूएफपीलाई नोवेल शान्ति पुरस्कार दिइएको हो ।


ADVERTISEMENT

# # #


नोबेल परस्कार कमेटीले भनेको छ, ‘भोकलाई युद्ध र संघर्षको हतियारका रुपमा प्रयोग गर्नबाट रोक्नका लागि गरिएको प्रयासमा विश्व खाद्य कार्यक्रमले अग्रणी भूमिका खेलेको छ ।’

यस वर्ष नोवेल शान्ति पुरस्कारको राशी ११ मिलियन स्वीडीस क्रोन अर्थात् १३ करोड ९७ लाख नेपाली रुपैयाँ रहेको छ । डब्ल्यूएफपीका प्रवक्ताले उक्त समाचार सुनेर आफूलाई गर्व लागेको बताएका छन् । उनका अनुसार प्रत्येक वर्ष डब्ल्यूएफपीले ८८ देशका ७० लाख मानिसलाई सहयोग गर्छ ।

अघिल्लो वर्ष नोवेल शान्ति पुरस्कार इथोपियाका प्रधानमन्त्री अबे अहमदलाई दिइएको थियो । यसवर्ष नोवेल शान्ति पुरस्कारका लागि २११ व्यक्ति र १०७ संगठन मनोनयनमा परेका थिए ।

स्वीडीस वैज्ञानिक अल्फ्रेड नोवेलको स्मृतिमा १२४ वर्षअघि स्थापना भएको नोवेल पुस्कार प्रत्यक वर्ष शान्ति, चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य र अर्थशास्त्र गरी ६ वटा विधामा दिइने गरिन्छ ।

यस वर्ष चिकित्साशास्त्र, भौतिकशास्त्र, साहित्य र रसायनशास्त्रतर्फको पुरस्कार घोषणा भइसकेको छ ।